Powered by Blogger.
दोलखाका ६७ परिवारले पाए तेस्रो किस्ताको आवास अनुदान (नामावलीसहित)

काठमाडौं, ३ चैत । भूकम्पबाट प्रभावित जिल्ला मध्येको दोलखाका ६७ घरधुरीले तेस्रो किस्ताको आवास अनुदान रकम प्राप्त गरेका छन् । 

सरकारी मापदण्ड र प्रक्रिया पुरागरि भूकम्प प्रतिरोधी घर पुनः निर्माण गरिरहेका उनीहरुले तेस्रो किस्ता पाएका हुन् । तेस्रो किस्ता लिएर घर बनाउनेहरुमा क्षेत्रपा, जुगु, काभ्रे र नाम्दु गाविसका बासिन्दा रहेका छन् । तेस्रो किस्ताको थप एक लाख रुपैयाँ लिएका उनीहरुले घरको पुनः निर्माणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन् । 

जिल्लामा दोस्रो किस्ता लिएका २ सय ५८ घरधुरी मध्ये सरकारी मापदण्ड र प्रक्रिया पुरा गरेर घर बनाइरहेका ६७ घरधुरीलाई तेस्रो किस्ता वापतको एक लाख रुपैयाँ बितरण गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

सरकारले भूकम्प प्रभावित जिल्लामा पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता वापत एक लाख रुपैयाँ आवास निर्माणका लागी अनुदान दिइरहेको छ ।

प्राधिकरणले पहिलो किस्ता लिएर घरको जग हालिसकेका परिवारलाई प्राविधिक निरीक्षण गराई दोस्रो किस्ताको अनुदान लिन आह्वान गरिसकेको छ ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.