Powered by Blogger.
जिरीका कांग्रेस नेता टंक जिरेल एमालेमा प्रवेश

काठमाडौं, ११ चैत । दोलखा जिल्लाको जिरी नगरपालिका का टंक जिरेल एमाले प्रवेश गरेका छन् । विगत ३५ वर्षदेखि कांग्रेस पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका नेता जिरेल एमाले प्रवेश गरेका हुन् । 

 जिरेललाई एमालेका महासचिव ईश्वर पोख्रेलले टिका र खादा लगाएर एमाले प्रवेश गराएका हुन् । उनले एमालेको राष्ट्रियताको अभियान सबै नेपालीका लागि भएको भन्दै आगामी दिनमा जिरीलाई एमालेमय बनाउँन प्रवेश गरेको बताए ।

१३ गते एमालेले जिरीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कांग्रेसका सयौ नेता कार्यकर्ता एमाले प्रवेश गराउने बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.