Powered by Blogger.
सशस्त्र प्रहरी निरिक्षक पौडेल र नायव निरिक्षक थापाद्वारा तेलमा रँजाई

काठमाडौँ, १८ असोज ।
नाकाबन्दिका कारण पेट्रोलियम पदार्थको संकट गहिरिँदै गएको बेला हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भने मनलाग्दी रुपमा प्रहरीका आफन्त र नीजि गाडीमा वितरण हुन थालेको छ ।

सर्वसाधारणलाई थोरै भएपनि राहतका लागि पेट्रोलियम वितरण गर्नुको साटो आफ्ना आफन्तहरुलाई मात्र सशस्त्र प्रहरीका प्रहरी निरिक्षक प्रकाश पौडेल ।र नायव निरिक्षक विजय थापले मनलाग्दी ढंगले गाडीको साटो ड्रममा समेत वितरण गरेको स्थानीयले आरोप लगाएका छन् ।

पेट्रोलियम अति आवश्यक सवारीका लागि दिनुपर्ने भएपनि एम्बुलेन्सलगायतका सवारीलाई नदिएर प्रहरीहरुले आफन्तलाई ड्रममा भरेरै दिएका छन् । उक्त विवादका कारण आइतबार साँझ झगडा पनि भएको थियो ।

 ‘प्रहरीको मनलाग्दी भयो, उनीहरु आफन्तलाई तेल दिन्छन् अनि ड्रममा पनि राखेर लैजान्छन् तर हामीले पाउन सकेका छैनौं’, तेलका लागि एक सातादेखि सशस्त्र प्रहरीलाई गुहारिरहेका सर्वसाधारण विशाल कार्कीले भने, ‘प्रहरी अधिकारीको मनलाग्दी व्यवाहारले जनता आजित भएका छन् ।’

भारतबाट तेल नआएका कारण सर्वसाधारण मर्कामा परेका छन् भने तेलका लागि नेपाल आयल कर्पोरेशनले बारम्बार भारतीय आयल कर्पोरेशनलाई ताकेता दिइरहेको छ भने राजनीतिक रुपमा पनि तेल र अन्य सामग्रीको विषयमा बहस भइरहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.