Powered by Blogger.
भदौ १८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना



 काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 


कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 


हकप्रद सेयरमा भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर थप एक कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । 


लगानीकर्ताले सेयरमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज, प्रभु, सिटिजन्स , सिन्धु विकास, कृषि विकास, नेपाल, महालक्ष्मी विकास, कुमारी, सिद्धार्थ, हिमालयन, प्राइम कमर्सियल र सानिमा बैंकका तोकिएका शाखाबाट आवेदन दिन सकिने छ । 

यस्तै धितोपत्र बोर्डबाट अनुमति लिई सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । आयोजना प्रभावित जिल्लाका स्थानीयले डिम्याट खाता नभए पनि हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.