Powered by Blogger.
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन, दोलखाको कहाँबाट दिन सकिन्छ आवेदन ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले आजदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ ।


कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।


हकप्रद सेयरमा साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले साउन २६ गते बुक क्लोज गरेको छ । हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिने छ ।


हकप्रद सेयरमा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटलका साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यले रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


यस्तै सनराइज बैंकको लगनखेल, सूर्यविनायक, हेटौडा, मन्थली, धरान, विराटनगर, जनकपुर, पोखरा, कुश्मा, भैरहवा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, चरिकोट, सुनखानी, जफे, शिवालय शाखाबाट आवेदन दिन सकिने छ ।


यस्तै प्रभु बैंकको चरिकोट, सिटिजन्स बैंकको चरिकोट, सिन्धु विकास बैंक चरिकोट, कृषि विकास बैंक चरिकोट, नेपाल बैंक चरिकोट र सिगटी, महालक्ष्मी विकास बैंक चरिकोट, कुमारी बैंक चरिकोट, सिद्धार्थ बैंक चरिकोट, हिमालयन बैंक चरिकोट, प्राइम बैंक जिरी र सानिमा बैंक मेलुङबाट आवेदन दिन सकिने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.