Powered by Blogger.
दोलखाको तामाकोशी गाउँपालिकामा हवाई फायर, मतदान स्थगित



काठमाडौं । दोलखा  जिल्लाको तामाकोशी गाँउपालिकाको एक मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ ।


जिल्लाको तामाकोसी गाउँपालिका गोल्मेश्वर मतदान केन्द्रमा एक पटकमा २०–२५ जनालाई मात्रै मतदान गर्न दिने भने पछि विभिन्न दलका कार्यकर्ताले क्रममा हुलदंगा गरेपछि प्रहरीले गोली चलाएको छ । 


स्थिती नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले बताइन् । उक्त स्थानमा अहिले मतदान स्थगित भएको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.