Powered by Blogger.
माथिल्लो तामाकोसी जलविद्युत आयोजना एक साता बन्द हुने, विद्युत उत्पादन नहुने




काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना एक साताका लागि बन्द हुने भएको छ । आयोजनाका अनुसार कात्तिक ८ गतेदेखि एकसाताका लागि बन्द हुने भएको हो ।

 आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्ष गरिने भएकाले आयोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको छ ।


आयोजना बन्द हुँदा दीपावलीमा कुनै असर नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित परीक्षणका लागि बिजुली उत्पादन बन्द गर्न लागिएको बताइएको छ । 


आयोजनाले यही कात्तिक ७ गते रातिदेखि जलाशयको पानी घटाउने भएको छ । पानी घटाउँदा तल्लो तटीय क्षेत्रमा करिब १२ घण्टा नदीको बहाव बढ्ने भएकाले सो अवधिभर सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ ।


तल्लो तटको लामा बगर, छेतछेत, गोङ्गर, जगत, टुनिटार, जामुने, भोर्ले, सिङ्गटी, नयाँ पुल, कीर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तु भाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्नेजस्ता कार्य नगर्न रनगराउन आयोजनाले आग्रह गरेको छ । 


नदी किनारमा परम्पराअनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक गर्न पनि आग्रह गरेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.