Powered by Blogger.
सांसद पाख्रिनको प्रश्नः दोलखा जिल्लाका पर्यटकीय गन्तव्य बजेट किन परेनन् ?



काठमाडौं । सांसद शान्ति पाख्रिनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा दोलखा जिल्लाका पर्यटकीय गन्तव्य नपरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । 


प्रतिनिधि सभाको बैठकमा उनले दोलखा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्य बजेटमा नपरेको भन्दै असन्तुष्टि जनाएकी हुन् । 


धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट भरिपूर्ण दोलखा जिल्लामा रहेका भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, पर्यटकीय नगरी शैलुङ, जिरी, खरीढुंगा र चलचित्र नगरी डाङडुङे डाँडाको प्रवर्द्धन गर्न सरकारले उदासिनता देखाएको उनको दाबी छ । 


‘बजेटको बुँदा नं. ९६ मा पर्यटनको सांस्कृति, धार्मिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटनलाई आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने कुरा उल्लेख छ,’ उनले प्रश्न गरिन, ‘अन्य धेरै ठाउँहरूको नाम उल्लेख छ । खोई मेरो दोलखा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय ठाउँहरूको नाम उल्लेख गरेको ?’


बैठकमा पाख्रिनले ज्येष्ठ नागरिकहरूलाई राज्यले उपलब्ध गराउँदै आएको मासिक बृद्धभत्ता पाँच हजार रूपैयाँ पुर्याउन सरकारसँग माग गरिन् ।


‘गठबन्धन सरकारलाई बृद्धभत्ता पाँच हजार रूपैयाँ पुर्याउन कसले रोक्यो,’ उनले भनिन्, ‘म माग गर्न चाहान्छु ज्येष्ठ नागरिक भत्ता यसै बजेटमार्फत मासिक पाँच हजार रूपैयाँ पुर्याइयोस् ।’


बृद्ध बा–आमाको अपेक्षा अनुसार बृद्धभत्ता बृद्धि नगर्ने तर, बृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएको आपत्ति जनाउँदै उनले भनिन्, ‘बजेटको बुँदा नं. १८७ मा ६८ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई समेत सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कुरा उल्लेख गरिएको रहेछ, तर यो कति वैज्ञानिक छ ?’

उनले प्रश्न गरिन, ‘नेपालीहरूको औसत आयु बढ्दै जाँदा बृद्धभत्ता पाउने उमेर घट्दै जान्छ रु के यो प्राकृतिक नियमसँगत छ ?

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.