Powered by Blogger.
शैलुङ गाउँपालिका-८ का अध्यक्ष तामाङको प्रतिबद्धताः खानेपानीको समस्या समाधान गर्छु



काठमाडौँ । दोलखा जिल्ला शैलुङ गाउँपालिका-८ का नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर तामाङले कार्यभार सम्हालेका छन् । 


कार्यभार सम्हाल्दै तामाङले स्थानीय समुदायमा प्रमुख समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्ने बताएका छन् । 

 

तामाङले आफ्नो पहिलो प्राथमिकता उक्त वडामा रहेका खानेपानी समस्या सनाधान गर्ने रहेको बताएका छन् । 


उनले झोरखोला सिन्चाईबाट ढाडे, पोखरे, चिलाउने, पहरिखर्कका बासिन्दालाई लाभान्वित गराउने प्रतिबद्धता जनाए ।


कार्यभार सम्हाल्ने क्रममा उनलाई निवर्तमान अध्यक्ष रामेश्वर उप्रेती तथा कर्मचारीले स्वागत गरेका छन् । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.