Powered by Blogger.
शैलुङ गाँउपालिका–८ मा ३ मतले एमाले विजयी


काठमाडौं । दोलखा जिल्ला शैलुङ गाँउपालिका–८ को वडा अध्यक्षमा एमाले विजयी भएको छ ।


वडा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार धनबहादुर तामाङ विजयी भएका छन् । 



सार्वजनिक मत परिणाम अनुसार वडा अध्यक्षमा धनबहादुर तामाङ विजयी भएका छन् । तामाङ निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् । तामाङले ९९० मत पाएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारले ९८७ मत पाएर पाराजित भएका छन् । 



यस्तै सदस्यतर्फ महिला सदस्यमा गठबन्धनका उम्मेदवारको १०१९ मत, दलित महिला सदस्यमा गठबन्धनले १०४० मत पाएको छ । 


यस्तै खुला सदस्य १ मा गठबन्धनले ९५७ मत पाएको छ भने २ मा  पनि गठबन्धनले नै ८९८ मत पाएको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.