Powered by Blogger.
मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी



काठमाडौं । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा हिरा थोकर र र उपाध्यक्षमा गायत्री आचार्य विजयी भएका हुुन् । 


नेकपा एमाले दोलखाका जिल्ला सचिव समेत रहेका थोकर ४ हजार ८१२ मत ल्याएका छन् । यस्तै आचार्य ४ हजार ४४३ मत ल्याएकी छिन् । 


थोकरका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार रविन्द्र कार्कीले ३ हजार १२७ मत पाएर पराजित भएका छन् । यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार भक्त बहादुर तमाङ २ हजार ५२५ मत पाएर पराजित भएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.