Powered by Blogger.
शैलुङ गाँउपालिका-३ मा गठबन्धनको प्यानलै विजयी


काठमाडौं । दोलखा जिल्ला शैलुङ गाँउपालिका–३ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनको प्यानल नै विजयी भएको हो । 


सार्वजनिक मत परिणाम अनुसार वडा अध्यक्षमा वीर बहादुर तामाङ विजयी भएका छन् । साथै वडामा पनि तामाङको प्यानल नै विजयी भएको छ । तामाङले ८३९ मत पाएका छन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ७२६ मत पाएर पाराजित भएका छन् । 


यस्तै सदस्यतर्फ महिला सदस्यमा गठबन्धनका उम्मेदवारको ८६३ मत, दलित महिला सदस्यमा गठबन्धनले ८६७ मत रहेको छ । 


यस्तै खुला सदस्य १ मा गठबन्धनले ७९७ मत पाएका छन् भने २ मा  पनि गठबन्धनले नै ७७४ मत पाएको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.