Powered by Blogger.
शैलुङ गाँउपालिका-२ मा एमालेको प्यानलै विजयी, गठबन्धन पराजित


काठमाडौं । दोलखा जिल्ला शैलुङ गाँउपालिका–२ मा एमालेको प्यानल नै विजयी भएको छ ।  सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेको प्यानल नै विजयी भएको हो । 


सार्वजनिक मत परिणाम अनुसार वडा अध्यक्षमा तीर्थ बहादुर श्रेष्ठसहित प्यानल नै विजयी भएका हुन् । एमालेका श्रेष्ठले ५३९ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार सिताराम थापा मगरले ५३३ मत पाएका छन् । 


यस्तै सदस्यतर्फ महिला सदस्यमा एमालेका उम्मेदवारको ५८१ मत रहेको छ भने गठबन्धनको ४७२ मत रहेको छ । दलित महिला सदस्यमा एमालेले ५१४ मत रहेको छ भने गठबन्धनले ४५२ मत रहेको छ । 


यस्तै खुला सदस्य १ मा एमालेले ५८५ मत पाउँदा गठबन्धनले ४५१ र २ मा एमालेले ५४८ मत पाउँदा गठबन्धनले ५०६ मत पाएको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.