Powered by Blogger.
शैलुङ गाँउपालिका-१ मा गठबन्धन विजयी





काठमाडौं । दोलखा जिल्ला शैलुङ गाँउपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । 


सार्वजनिक मत परिणाम अनुसार वडा अध्यक्षमा गठबन्धन विजयी भएको छ । गठबन्धनका वीरबहादुर घतानी विजयी भएका छन् । गठबन्धनले ८६३ मत पाएको छ भने एमालेका गोपीलाल तामाङले ८१८ मत पाएको छ । गठबन्धनसँग एमाले ४५ मतले पराजित भएको छ । 


यस्तै वडा सदस्यतर्फ महिलामा एमाले विजयी भएको एमालेको ८३५ मत आएको छ भने गठबन्धनको ८३२ मत आएको छ । यस्तै दलित सदस्यमा गठबन्धन विजयी भएको छ । गठबन्धनको ८३० मत रहेको छ भने एमालेको ८२७ मत रहेको छ । 


यस्तै खुला सदस्य १ मा एमाले विजयी भएको छ । एमालेले ८१० मत पाएको छ भने गठबन्धनले ७९० मत पाएको छ । यस्तै खुला सदस्य २ तर्फ पनि एइमाले नै विजयी भएको छ । एमालेले ७९६ मत पाएको छ भने गठबन्धनले ७९० मत पाएको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.