Powered by Blogger.
आज दोलखासहित तीन जिल्लामा मतपत्र ढुवानी हुँदै



काठमाडौं । निर्वाचन आयोगले दोलखासहित तीन जिल्लामा आज मतपत्र पठाउने भएको छ । 


निर्वाचन आयोगका अनुसार दोलखासहित सिन्धुली र रामेछाप जिल्लामा मतपत्र ढुवानी गर्न लागेको हो ।  जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको आयोगले जनाएको छ । 


आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाई सकेको छ । 


आयोगका अनुसार मधेस प्रदेशका ८ जिल्लासहित बागमती प्रदेशका रसुवा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ । 


आयोगका अनुसार कर्णाली र सुदुरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाईसकिएको छ । स्थानीय तहको निर्वाचन आउन अब ११ दिन मात्रै बाँकी छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.