Powered by Blogger.
दोलखा-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शेखर बस्नेत



काठमाडौं । नेकपा–एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । 

मंगलबार सम्पन्न ११औं अधिवेशनमा शेखर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षका बस्नेतका अलावा  कार्यसमितिको उपाध्यक्षमा भगवान न्यौपाने र कबिता शिबाकोटी रहेका छन् भने सचिवमा उमेश खड्का निर्वाचित भएका छन् ।

मञ्चको कार्यसमिति सदस्यमा हरि थामी, कृष्णप्रसाद घिमिरे, प्रदीप कुमार राउत, छत्रबहादुर ससाङ्कर, भरत बुढाथोकी, शान्ता श्रेष्ठ, पेमगंली शेर्पा, सुरेन्द्र मोक्तान निर्वाचित भएका छन् ।

यस्तै अविनाश गोले, टीकामाया जिरेल, यमुना पोखरेल, कल्पना बस्नेत, रेणुका भट्ट श्रेष्ठ, सरिता शिबाकोटी, मन्दिरा ओली, प्रिति श्रेष्ठ, गीता खड्का तिमिल्सिना, प्रमिला ससाङ्कर, सुवासचन्द्र लामिछाने, पदम सेवा र भीमबहादुर घतानी निर्वाचित भएका छन् ।

त्यसैगरी कुमार मुङ्ग्रान्ती, सोनाम घिसिङ, राजु बस्नेत, टीकाप्रसाद फुयाँल, नारद खड्का, सुकमान तामाङ, सञ्जीव थापा, सुजन रिमाल, सुजन कुमार शिबाकोटी, माधव खड्का, सुरेश कुमार श्रेष्ठ, रमेश सुवेदी, पूर्णबहादुर खड्गी, टेकबहादुर सोडारी र केशव आचार्य सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी अन्य सदस्यहरूमा भुपालप्रसाद ढकाल, दिलबहादुर पोखरेल, सुदीप बस्नेत, निमा तामाङ, सचिन सुवेदी, दिनेश तामाङ, कबिता फुयाँल, अविज्ञा भण्डारी, विकास कार्की, देवकृष्ण आचार्य, शारदा सेढाईं प्रधान, भरत कोइराला, प्रेम श्रेष्ठ, कमला फुयाँल, कमला रोका, सोम गोले तामाङ, सुमित्रा दाहाल र नवराज आपागाईं निर्विरोध निर्वाचित भएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.