Powered by Blogger.
श्री भीम उमाविको पुनःनिर्माण, उचित व्यवस्थापन गर्न समन्वय समिति गठन

काठमाडौँ, २९ फागुन । श्री भीम उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण र उचित व्यवस्थापनका लागि समन्यव समिति गठन गरिएको छ । 

दोलखा जिल्लामा २००८ सालमा स्थापना भएको विद्यालयको पुननिर्माणमा आवश्यक सहयोग गर्न समन्वय समिति गठन भएको छ । कालिन्चोक युवा क्लको सहयोगमा विद्यालयको आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुको सुझाव अनुसार अघि बढने बताएको छ ।

कालिन्चोक युवा क्लब संयोजकरहेको समितिको सदस्यमा दोलखा गुठी, दोलखा म्यासमुचा खलक (चेलीबेटी संस्था), लायन्स क्लब अफ दोलखा रहेका छन् । यस्तै बनारसी सहयोगीहातहरु संस्थागत सदस्य र व्यक्तिगत सदस्यहरूमा राजन श्रेष्ठ, अनिता श्रेष्ठ , रोहित भण्डारी, श्याम चन्द्र श्रेष्ठ र रत्नबहादुर श्रेष्ठ रहेका छन् । 

प्रधानाध्यापक सुन्दर खडकाले २००८ सालमा स्थापना भएको विद्यालयको भूकम्प पूर्वको संरचनाको अवस्था र भूकम्पले क्षतिग्रस्त भएपछि हालसम्मको अवस्थाको बारेमा जानकारी दिए । उनले विद्यालयको दिगो विकास र गुणस्तर निर्माणको लागि तयार पारिएको प्रस्तावनाहरुको आधुनिक प्रविधि मार्फत प्रस्तुत गरेका थिए । 

हाल पाँच सय ३३ जना विद्यार्थी अध्ययनरत विद्यालयमा २९ जना शिक्षक र कर्मचारीहरू कार्यरत रहेका छन् । विद्यालयको कक्षा कोठा , पुस्तकालय, कम्प्युटर ल्याव र छात्राबास लगायातका आधाभूत सामग्री नाजुक अवस्थामा रहेको छ । 

जसले गर्दा निजीस्तरका शिक्षण संस्थाहरुसँग प्रतिस्पर्धा गर्न असमर्थ रहेको भन्दै दिगो विकास, उचित सुसंचालन र व्यवस्थापनको लागि आर्थिक सहयोग जुटाउन आवश्यक भएको प्रधानाध्यापक खडकाले बताए ।

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष नारायण कृष्ण श्रेष्ठले विद्यालय निर्माणका लागि समन्वय समिति गठन गर्नु परेको जानकारी गराए । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.