Powered by Blogger.
अपर तामाकोशी जलविद्युत परियोजनाको सबस्टेसन सर्भे गरिएकै स्थानमा राख्न संघर्ष समितिको माग

 


काठमाडौं । अपार तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने माग गरेको छ ।


आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको सर्भेभन्दा अन्यत्रै सवस्टेशन राख्न खोजिएकोमा समितिले आपत्ति जनाएको छ । 


समितिले सुरुमा सर्भे गरिएकै स्थान काभ्रेको मण्डन देउपुर–१ हलिदेमा नै सबस्टेशन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने बेलामा भने सवस्टेशन काठमाडौंको शंखरापुर–३ बोझेनीमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विरोध जनाएको छ । 


संघर्ष समितिले सोमबार पत्रकार गरेर सम्मेलन गरेर सर्भे गरिएकै स्थानमा सवस्टेशन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने चेतावनी दिएको छ । साथै, समितिका संयोजक तुलाराम तामाङले प्रहरीले स्थानीयहरुमाथि गरेको धरपकडको विरोध गरे । स्थानीयले अघि सारेका जायज माग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्ने उनको भनाइ छ ।

 

त्यस्तै, समितिका सह–संयोजक फूर्वा तामाङले परियोजनाको सबस्टेसन राख्ने कार्यमा भूमाफियाहरुको चलखेल भएको बताए । शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयलाई न्यूनतम मानव अधिकारको प्रत्याभूति पनि नहुने प्रहरी धरपकड भएकोमा पनि उनले आपत्ति जनाए । 


‘एसियाली विकास बैकको लगानीमा नेपाल विद्युत प्राधिकरणले अगाडि बढाइरहेको अपार तामाकोशी जलविद्युत परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार विछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुष १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकटको हामी घोर विरोध गर्दछौै,’ विज्ञप्तिमा भनिएको छ । 


राज्यले बनाउने आयोजना जनताको लाभको लागि भएपनि यसले जनतामा निहित आत्मअधिकारसमेत हनन भएको उनीहरुको आरोप छ । साथै, पक्राउ परेका जयमान वाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनि माग गरिएको छ । 

 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.