Powered by Blogger.
बैंक खाता खोल्दै दोलखाका भूकम्पपीडित


दोलखा, २२ फागुन । सरकारले भूकम्पपीडिको घर बनाउनका लागि राहत रकम बैंकबाट भुक्तानी गर्ने भनेपछि सिंगटी बजारका बैंकिङ सेवा केन्द्रहरुमा मानिसहरुको ठेलमठेल छ ।

सरकारले भूकम्पले क्षेती पुर्‍याएको १४ जिल्लामध्ये सबैभन्दा पहिले दोलखाको सिंगटीबाट पूनर्निर्माण थाल्ने घोषणालगत्तै यो बजारमा खाता खोल्नेहरु झुम्मिएका हुन् ।

करिब २० गाविसका वासिन्दाले व्यापारिक सुविधा लिने यो बजारमा शाखारहित सेवा भन्दै २ वटा बाणिज्य बैंकहरुले जनताको खाता खोल्न सुरु गरेपछि मानिसहरु झुम्मिएका हुन् ।

नागरिककालाई बैंकिङ सेवा प्रदान गर्ने बृहत् उदेश्यसाथ राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले एकसातादेखि शाखारहित बैंकिङ सुविधा सुरु गरेको हो । दुई वटा बैंकले सुरु गरेको सुविधा केन्द्रमा हालसम्म करिब १३ सय जनाले खाता खोलेका छन् । दुवै बैंकहरुले भूकम्पपीडितको राहत कारोबार गर्नेमात्र उद्देश्य नभएको बताए पनि मानिसहरुको धारणा पूनर्निर्माणको पैसा लिनमात्र खाता खोल्नु परेको भन्ने छ ।

राष्ट्रिय बाणिज्य बैंकले विहिवार औपचारिक रुपमा शाखारहित बैंकिङ सेवाको उद्‍घाटन गरेको हो । अनौपचारिक रुपमा एउटा ल्याप्चे खिच्ने उपकरणसाथ एजेन्टहरु परिचालित सेवा केन्द्रबाट विहिवारसम्म करिब ७ सय जनाले खाता खोलेको रेखा भण्डारीले बताइन् । उनले यो कार्य गर्न तालिम लिएपछि पाएकी हुन् ।

बजारको अर्को कुनामा नेपाल इन्भेष्टमेन्ट बैंकका एजेन्टहरु जनताको खाता खोल्न व्यस्त छन् । शाखारहित सेवा थालेको यो बैंकको दोलखा जिल्लाको कुनै पनि स्थानमा शाखा छैन् । राष्ट्रिय वाणिज्य बैंकको भने सदरमुकाम चरिकोटमा शाखा सञ्चालनमा छ । सेवा सुरु भएपछि बिहीबार सम्म खाता ५ सय जनाले खाता खोलेका छन् । सेवा सुरु गर्न बैंकहरुलाई युकेएडले सहयोग गरेको छ ।
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.