Powered by Blogger.
कांग्रेसबाट आमजनताले निकासको प्रतिक्षा गरेका छन्ः जिपछिरिङ लामा

जीपछिरिङ लामा विकासपे्रमी नेताका रूपमा चिनिँदै आएका छन् । उनी यसअघि नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सांसद पनि बनिसकेका छन् । देशको चौतर्फी विकासमा लामो समयदेखि लाग्दै आएको लामाले विकासप्रेमी नेताका रूपमा परिचय बनाएका छन् ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टीबाट लिने भन्दा पनि पार्टीलाई योगदान पुर्याउने नेता चयन हुनुपर्ने आवाज उठाउँदै उनले आफ्नो उमेदवारी अघि सारेको बताउँछन् । कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर लामासँग गरिएको  कुराकानी ।

तपाइँलाई १३ औं महाधिवेशनमा प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा किन चुन्ने ?


पार्टीभित्र मेरो योगदान लामो समयदेखि छ । म सामान्य सदस्य भएर पनि धेरै वर्षसम्म काम गर्न तयार भएकै हुँ । यसपाली नेतृत्वमा पुगी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान मेरो ठूलो प्रयास हुन्छ । आर्थिक रुपमा देश सम्पन्न नभई देशको उन्नति सम्भब हुँदैन । देशको सम्पूर्ण विकास गर्ने उद्देश्यले मैले खुलातर्फबाट उमेदवारी दिएको हुँ । यसका साथै भोलीको दिनमा पार्टीलाई उर्जावान बनाउनका निम्ति पनि मेरो उमेदवारी हो । आशा छ, मलाई सबैले माया गर्नुहुन्छ ।

यहाँको विचारमा महाधिवेशनपश्चात कांग्रेसले आर्थिक मुद्धालाई कसरी अघि बढाउनु पर्ला ?


नेपाली कांग्रेसको नेतृत्वमा अधिकारप्राप्त संस्था संविधानसभाबाट अत्यधिक बहुमतका आधारमा नेपाली जनताको नासो संविधान बनेको छ । यससँगै नयाँ युगमा देश प्रवेश गरेको छ । संविधान बनेसँगै सबैका अधिकार सुनिश्चित भएको छ । हामीलाई धेरै समय राजनीति परिवर्तनको मुद्दामा केन्द्रित भयौं । संविधान बनेसँगै हाम्रो राजनीति क्रान्ति सकिएको छ । अब देश आर्थिक समृद्धितिर अघि बढेको छ ।

संविधान बन्यो तर मधेसको माग समेटिएन भन्ने गुनासो छ, अब आउने कांग्रेस नेतृत्वले यसलाई सुल्झाउन कस्तो भूमिका निभाउनु पर्ला ?

सही प्रश्न गर्नुभयो । कांग्रेस नेतृत्वले संविधान ल्यायो तर हाम्रो अधिकार समेटिएन भन्ने मधेसको गुनासो छ, त्यसलाई मेटाउन तत्कालिन सुशील कोइराला नेतृत्वकै सरकारले संशोधन विधेयक संसदबाट पास गराउन खोजेको थियो । अहिलेको सरकारले नै भए पनि यो विधेयक पास गरेको छ ।

यो सुखद कुरा हो । मधेसका समस्या हल गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको छ र भोलिको दिनमा पनि खेल्नुपर्छ । मधेसलाई अधिकार सम्पन्न गराउने पक्षमा म पनि छु । धेरै अधिकार संविधानले दिए तापनि छुटेका अधिकार संशोधनबाट समेटिनेछ ।

तपाइँको विचारमा अबको कांग्रेस कस्तो हुनुपर्छ ?


परिवर्तित सन्दर्भमा कांग्रेस पनि परिवर्तन हुन जरूरी छ । १३ औँ महाधिवेशनबाट कांग्रेसले जोसीलो नेतृत्व चुन्न पर्छ । कांग्रेसभित्रको भागवण्डा र गुट÷उपगुटको अन्त्य हुन जरूरी छ । आउने नयाँ नेतृत्वले सर्वप्रथम देशमा देखिएको विद्यमान समस्या हल गर्न पहल गर्नुपर्छ । त्यसपश्चात देशलाई आर्थिक क्रान्तिको बाटोतिर लम्काउनु पर्छ । कांग्रेसबाट आमजनताले निकासको प्रतिक्षा गरेकाले सरकारमा गएर हुन्छ कि कसरी हुन्छ कांग्रेसले आफ्ना मुद्दालाई सम्बोधन गर्न जरूरी छ ।

खुल्लातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । अहिलेको माहोल हेर्दा आफूले जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?


म पूर्ण रूपमा विश्वस्त छु मेरो उम्मेदवारी समावेसी र समानताको लागि हो । तराई देखि हिमालसम्म बस्ने नेपालीहरुको बिचमा काङग्रेंस पु¥याउन हो । पार्टिभित्र मैले गरेको त्यागलाई आमप्रतिनिधि साथीहरूले मूल्यांकन गर्नुहुनेमा म पूर्ण रूपमा ढुक्क छु । पार्टीका निम्ति सधैँ काम गर्ने म जस्ता निःस्वार्थ भावनाका व्यक्तिहरूको कांग्रेसमा अहिलेको अवस्थामा आवश्यकता रहेकाले  मलाई जिताउनु हुनेछ भन्नेमा विश्वस्त छु ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.