Powered by Blogger.
जिरीमा नागरिक सुनुवाइ सम्पन्न

दोलखा, २० फागुन । 

जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानमा नागरिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ । बुधबार जिरी नगरपालिका वडा नं ६ स्थित लिङकन बजारमा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । 

उद्योग बाणिज्य संघ शाखा कार्यालय जिरीमा आयोजीत कार्यक्रममा संघ शाखा अध्यक्ष मधु कुमार कार्की जिप्रका दोलखाका निमित्त प्रमुख प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीेको उपस्थिती रहेको थियो । 

साथै  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु स्थानिय व्यक्ति, बुद्धिजिवि, नागरीक समाज तथा सर्वसाधरणको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय बासिन्दाले भोग्दै आएका विभिन्न समस्याका बारेमा जानकारी गराएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.