Powered by Blogger.
पर्यटन मन्त्रीका भतिजालाई मासिक डेढलाख तलब



काठमाडौं, १९ फागुन । 
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले केही समयअघि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको कार्यकारी प्रमुखमा नियुक्त गरेका आफ्नै भतिजालाई देशको प्रधानमन्त्रीले पाउने भन्दा बढी तलब सुविधा दिएर फूपुकै श्राद्ध गरेका छन् ।

मन्त्री पोखरेलले भतिजा सुनील पोखरेललाई बौद्ध सम्मेलनको कार्यकारी प्रमुखमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार कार्यकारी प्रमुख पोखरेल मासिक करिब डेढ लाख रुपैयाँ बुझ्छन् ।

आगामी २०७२ साल जेठ ६ र ७ गते काठमाडौं हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने गरी पोखरेलललाई नियुक्त गरिएको बुधबार साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.