Powered by Blogger.
कोष र विओके वीच निवृतीभरण भूक्तानी सम्झौता



काठमाडौं, १८ फागुन ।
नागरिक लगानी कोष (सिआइटी) र बैक अफ काठमाण्डु (विओके) वीच निवृत्तिभरण भूक्तानी व्यवस्था सम्बन्धी मंगलबार सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विओकेका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

पेन्सन तथा उपदान कोष व्यवस्थापन गर्ने कार्यलाई विस्तार गर्ने हेतुले सेवा निवृत कर्मचारीहरुका लागि पेन्सन भुक्तानी गर्ने व्यवस्था गर्न गराउन बिओके संग सम्झौता गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । कोषको विभिन्न कार्यक्रम जस्तै यो पनि महत्वपुर्ण कार्यमा रहेको छ । यसलाई कोषले आफनो गतिविधिको एउटा अंगको रुपमा लिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.