Powered by Blogger.
मेलुङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते

काठमाडौं, ५ चैत्र । दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा  डाडाखर्क गाविसकी सुष्मा विक र सहचालक मुस्कान कार्की निधन भएको छ ।

पाँचखाल ४ केराघारीमा काठमाडौं आँउदे गरेको बा३ख ७९३८ नम्बरको बस सडकबाट १० मिटर तल खसेको थियो । ७० जना यात्रु रहेको बस तिब्र गतिमा रहेको यात्रुहरुको भनाई छ । 

बसले मोटरसाइकललाई ठक्कर दिदा चालक सहित ३० जना घाइते भएका छन् । घाइतेको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.