Powered by Blogger.
शर्माको नेतृत्वमा तीन जिल्ला हेर्नेगरि प्राधिकरणको उपक्षेत्रीय कार्यालय दोलखामा

काठमाडौँ, १० चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहिलो उपक्षेत्रीय कार्यालय दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा स्थापना गरिएको छ ।

प्राधिकरणले स्थापना गरेको पहिलो उपक्षेत्रीय कार्यालयका प्रमुख प्राधिकरणका बरिष्ठ डिभिजन इन्जिनियर हरि शर्मा रहेका छन् ।

उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनःनिर्माण, पुनःस्थापना तथा जीविकोपार्जनका विभिन्न कार्यक्रम सञ्चालन र समन्वय गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.