Powered by Blogger.
मानसिक सन्तुलन गुमाएका भुजेललाई दक्षिण कोरियाको सहयोग

दोलखा, ४ चैत । मानसिक सन्तुलन गुमाएका जुगु गाविस वडा नं ५ का श्यामबहादुर भुजेललाई थप सहयोग जुटेको छ । खर्च अभावमा १५ महिनादेखि फलामे खोरमा थुनिएका थिए ।

उनलाई दक्षिण कोरियामा रहेको दोलखाली समाजका दीपेन्द्र अधिकारीको सक्रियतामा ७० हजार सात सय रुपैयाँ सहयोग गरिएको छ ।

मानसिक सन्तुलन गुमाएका भुजेलको हाल राजधानीमा उपचार भइरहेको छ । यसअघि पनि भुजेललाई अस्ट्रेलियामा रहेका अमित रिजालले ५० हजार सहयोग गरिसकेका छन् । लाइटनेपाल डटकमबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.