Powered by Blogger.
शैलुङ र क्यानडाको सिन्हामटनबीच मितेरी सम्बन्ध, २०२० सम्ममा शैलुंगेश्वर गाविसलाई ‘इको भिलेज’मा परिणत गर्ने

दोलखा (शैलुङ), २ चैत । आन्तरिक तथा बाह्य पर्यटनका लागि ख्यातिप्राप्त जिल्ला हो  दोलखा । दोलखाका विभिन्न पर्यटकीय गन्तव्य मध्ये शैलुङ पनि एक हो । शैलुङ र क्यानडाको नायग्रा फल्सनजिक रहेको सिन्हामटन गाउँबीच मितेरी सम्बन्ध कायम भएपछि शैलुङको नयाँ परिचय थपिएको छ ।

क्यानडाका अर्गानिक अभियन्ता मास्टर सेफ माइकल स्ट्याडल्यान्डर र उनकी श्रीमती नोबुयु स्ट्याल्यान्डरको प्रमुख आतिथ्यमा मंगबार आयोजित विशेष कार्यक्रमबीच शैलुङ सिन्हामटनबीच मितेरी लगाइएको हो । क्यानडाको ख्यातिप्राप्त अर्गानिक हिरो उपाधिसमेत पाएका मास्टर सेफ माइकल स्ट्याडल्यान्डरले विगत दुई दशकदेखि सिंघमटमलाई अर्गानिक गाउँमा परिणत गरेका हुन् । 

उनले खानी उत्खननबाट गाउँलाई बचाउने अभियान नै चलाइ जैविक खेतीलाई प्रबर्द्धन गरी क्यानडाभरिमै उत्कृष्ठ अर्गानिक गाउँमा परिणत गरेका हुन् ।  उनले सोही गाउँमा आफ्नो लोकप्रिय अर्गानिक रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन् ।


‘नेपाल प्राकृतिक सौन्दर्यले विश्वलाई नै मन्त्रमुग्ध बनाउने देश हो, यहाँको परम्परागत जैविक विधिमा आधारित खेती प्रणालीबारे मैले सुन्दै आएको छु,’ सेफ माइकल भन्छन ‘तर, आधुनिक विषादी र रसायनिक मलहरूको प्रयोगले जैविक विविधता र बाली विविधतामा असर पारेको छ। हामी मिलेर नेपालमा परम्परागत आधुनिक विषादीरहित खेती र पर्यावरणमा आधारित पर्यटन सँगै अगाडि बढाउन सक्छौं ।’

‘सिंघमटम टु शैलुङ’ अभियानको घोषणा गर्दै मंगलबार विशेष कार्यक्रमबीच दुई देशका गाउँहरूबीच मितेरी लगाइएको हो । सेफ स्ट्याडल्यान्डरले शैलुङका किसानहरूलाई आफ्नो मौलिक र परम्परागत खेती प्रणालीलाई बचाउँदै पर्यटन प्रबर्द्धन गर्न सघाउने बताए ।

रैथानी बालीमा नेपाल धनी भए पनि त्यसलाई बचाउने पहल नभएको र देखासिकी गर्र्दै अनावश्यक रसायनिक मल र कीटनाशकको बढी प्रयोग गर्र्दा ती रैथाने बीउबिजन र बाली नष्ट भएको देखेपछि क्यानडाली अर्गानिक अभियन्ता स्ट्याल्यान्डर निकै चिन्तीत बने । ‘यदि नेपालको मौलिक पहिचानलाई बचाउने हो भने परम्परागत जैविक खेतीप्रणाली फर्कनुको विकल्प छैन,’ उनले भने ।

क्यानडा सेफ कंग्रेसका संस्थापकसमेत रहेका स्ट्याडल्यान्डरले रसायनिक मल, आधुनिक विषादी प्रयोग नगरीकनै यहाँको पर्यटन र पर्यावरणलाई कसरी प्रबर्द्धन गर्न सकिन्छ भन्ने विषयमा पहल गर्ने अभियानका आयोजक गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले जानकारी दिए । सन् २०२० सम्ममा शैलुंगेश्वर गाविसलाई ‘इको भिलेज’मा परिणत गर्ने लक्ष्यअनुसार यो अभियान सञ्चालन गरिएको लकाइँ बताए ।,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.