Powered by Blogger.
पर्यटकीय सम्भावना बोकेकोे च्योर्दुङ क्षेत्र छायाँमा, सरोकारवाला निकाय बेखबर

चन्द्र खड्का
जिरी, ३० फागुन । प्रकृतिक सुन्दरताको खानी, मनोरम दृश्यको संगालो नै रहेको दोलखाको सुन्दर नगरी जिरीकोे च्योर्दुङ पर्यटकका लागि निकै सम्भावना बोकेको ठाँउ हो । पर्यटकीय सम्भावना बोकेर पनि पर्यटकहरुको आर्कषक गन्तब्य बन्न सकिरहेको छैन् ।

जिल्लामा रहेका उच्च पहाडहरु मध्येको समुन्द्र सतहबाट ३ हजार ६ सय ९३ मिटरको उचाईमा रहेको च्योर्दुङ डाँडा प्रचार–प्रसार र पर्यटकहरुको लागि आवश्यक भौतिक संरचना अभावका कारण छायाँमा परेको छ । सदरमुकाम चरिकोटबाट ५६ किलो मिटर दुरीमा रहेको पर्यटकीय नगरी जिरी हुँदै जिरीबाट करिब ५÷६ घण्टाको पैदाल यात्र पछि पुग्न सकिने च्योर्दुङमा कुनै पनि निकायबाट पर्यटन विकासका लागि पहल नहुँदा छायाँमा परेको हो ।

च्योर्दुङ जाने बाटोबाट देखिएको भूकम्प अघिको जिरी बजार 

 पछिल्लो समय च्योर्दुङसम्म पर्यटकहरुलाई डो¥याउनका लागि जिरीमा रहेका केही बुद्धिजीवी तथा अगुवाहरुले अनेकौँ बहश चलाए पनि विनासकारी भूकम्पसँगै च्योर्दुङलाई पर्यटन विकास गर्नेे बहश सेलाएको छ  । दुई वर्ष अघि पर्यटकहरुलाई च्योर्दुङ डाँडा सम्म पु¥याउनको लागि सडकको ट्रयाक खोलिएको थियो । तर सडकको थप विकासका लागि कसैले पनि चासो नदेखाएकै कारण सडक अहिले अस्थावेस्त अवस्थामा छाडिएको छ । च्योर्दुङ डाँडाको विशेषता भन्नु नै नेपाली समयको आधार मानीएको गौरीशंकर हिमाल हो ।

यहाँबाट गौरीशंकर हिमाल वारीपारी नै देखिने गर्दछ । त्यस्तै रोल्वालिङ हिमश्रीङखला, नुम्बुर हिमालको दृष्य वारी डाँडाबाट नै सजिलै अवलोकन गर्न सकिन्छ ।  दोलखामा ४८ गाविस र २ नगरपालिका रहेकोमा भुसा फेदा र दुध पोखरी गाविस बाहेक जिल्लाको दुई नगरपालिका सहित ४६ वटा गाविसका भूभाग देख्न सकिन्छ  । त्यस्तै रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी  वाम्तीभण्डार, र सोलुखुम्बु जिल्ला, ओखलढुङ्गा जिल्ला लगायतको भूभाग पनि सजिलै अवलोकन गर्न सकिन्छ ।

पछिल्लो समय जिरीमा रहेको विमान स्थल बन्द भएको ३० पर्ष पछि पुनः सञ्चालनमा ल्याईने भए पछि  यस क्षेत्रको पर्यटन विकास सँगै आर्थिक विकासमा समेत महत्व पूर्ण भूमिका रहने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.