Powered by Blogger.
दोलखाबाट पुनर्निर्माण अभियान सुरु, पहिलो चरणमा लामिडाँडा, बाबरेसहित ६ गाविसमा रकम हस्तान्तरण


काठमाडौं, ३० फागुन । १२ वैशाखमा गएको शक्तिशाली भूकम्प र त्यसपछि निरन्तर आइरहेको पराकम्पका कारण क्षति पुगेका जिल्लामध्ये दोलखा पनि हो ।

२९ वैशाखमा दोलखा केन्द्रविन्दु बनाएर गएको पराकम्पले झनै क्षती बढाएको छ । भूकम्प गएको झण्डै ११ महिना पछि सरकारले पुननिर्माणको काम सुरु गर्ने भएको छ । पुननिर्माण प्राधिकरणले आइतबारदेखि दोलखा जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिँगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात गर्दै छ ।

सरकारले भूकम्पपीडितहरुका लागि स्थायी आवास बनाउन सरकारले घोषणा गरेको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण गरिने भएको छ । प्राधिकरणले आवास निर्माणका लागि पहिलो चरणमा उत्तरी गाविसहरु लादुक ८ र लामिडाँडा गाविसका ६ का भूकम्पपीडितलाई पहिलो किस्ताको रकम हस्तान्तरणगर्ने बताइएको छ । प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको टोली दोलखा पुगेर सो रकम वितरण गर्ने बताइएको छ ।

दोलखाका लाद्रुक,लामिडाँडा, चिलँखा ,बाबरेसहित ६ गाविसका पीडितलाई पहिलो चरणमा किस्ता हस्तान्तरण गर्ने बताइएको छ । प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत २६ करोड ५६ लाख ५० हजार निकासा पठाएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.