Powered by Blogger.
सीइडीबी हाइड्रोपावर आइपीओ बाँडफाँट, कसले कति पाए ?


काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ । 


आवेदन दिनएका आवेदनकर्तामध्येबाट २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथा बाट १० कित्ताका दरले सेयर पाएका छन् ।  यस्तै थप ४ जनाले ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ । 


आइपीओमा १६ लाख ८५ हजार ६२७ जनाले आवेदन दिएकोमा ४ हजार ४४२ जना आवेदकको आवेदन अयोग्य ठहरिएको थियो । आइपीको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर सीडीएससीको आइपीओ नतिजा हेर्ने वेबसाइटबाट हेर्न सकिन्छ । 


कम्पनीले वैशाख १७ बाट २१ गतेसम्म २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा ५० हजार ३६५ कित्ता कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.