Powered by Blogger.
कोरोना संक्रमितको शव दाहसंस्कारमा संलग्न हुनेलाई सरकारले भत्ता दिने


काठमाडौं । पशुपति आर्यघाटमा कोभिड–१९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीले प्रोत्साहन भत्ता स्वरूप एक हजार रूपैयाँ पाउने भएका छन् ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पदभार ग्रहण गर्दै शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने फाइलमा हस्ताक्षर गर्नुभएको छ । यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । 


अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् । मन्त्री ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।


मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उहाँले कर्मचारीलाई निर्देशन दिँदै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिनुभयो । उहाँले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो । 


ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिको दिनमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । समयको माग अनुसार व्यवहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपनेर्ने बताउनुभयो । उहाँले कुनै समस्यामा भए आफूकहाँ ढुक्कसँग राख्न अनुरोध गर्नुभयो । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.