Powered by Blogger.
घर टोलमा अनुमति बीना कसैलाई प्रवेश नदिन, विवाह भोज नगर्न निर्देशन


दोलखा । दोलखा जिल्लाको शैलुङ गाँउपालिकाले कोरोनाको महामारी बढेसँगै आफ्नो घर र टोलमा अनुमति बिना जो कोहीलाई पनि प्रवेश नगराउन अनुरोध गरेको छ । 


कोरोनाको महामारी बढेसँगै गाँउपालिकाले स्थानीय बासिन्दालाई विभिन्न ६ बुँदे निर्देशन दिएको छ ।  पालिकाले मानिसहरु जमघट हुने भेला, कुलपुजा, दिवाली, घेवा, विवाह, भोज, पितृकार्य नगर्न निर्देशन दिएको छ । 

 

पालिकाले भौतिक दुरी  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै दैनिक अत्यावश्यक गतिविधि गर्न, जो जहाँ बसेको छ, त्यसलाई त्यही बस्न अनुरोध समेत गरेको छ । 


पालिकाले अत्यावश्यक काममा अन्य जिल्लाबाट आउँदा १४ दिन होम क्वारेन्टाइनमा बस्न, स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य चौकी वा वडा कार्यालय तथा गाँउपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.