Powered by Blogger.
धमाधम नोक्सान घटाउँदै अपर तामाकोशी जलविद्युत आयोजना !


काठमाडौं ।
विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशी जलविद्युत आयोजनाले धमाधम नोक्सानी घटनउन थालेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ४४ लाख ९६ हजार ४१८ रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सान चालु आवको सोही अवधिमा घटेर ३ करोड ५० लाख २८ हजार ६७६ रुपैयाँ रहेको छ ।


विद्युत उत्पादन नभएको हुँदा अहिलेसम्म आम्दानीको स्रोत छैन । अन्य स्रोतमार्फत १ लाख ३० हजार ९ रुपैयाँ आम्दानी गरेको रिपोर्टमा उल्लेख छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने ८२ करोड ५६ लाख २२ हजार २५८ रुपैयाँ रिटेन्ड अर्निङ ऋणात्मक रहेको छ ।


कम्पनीको दिर्घकालिन ऋणको आकार बढिरहेको छ । गत आवको तेस्रो त्रैमासमा ३४ अर्ब १० करोड रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ४० अर्ब ५८ करोड ३० लाख ९८ हजार रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.