Powered by Blogger.
माथिल्लो तामाकोसी निर्माणमा भएको ढिलासुस्ती सह्य हुँदैन, एउटा मेसिन जोडन कसरी लाग्यो १ वर्ष ? प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको अस्वभाविक ढिलाईप्रति असन्तुष्टि जनाउनु भएको छ । 

नापी विभागले आयोजना गरेको नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता अनलाइन प्रणालीको उद्घाटन कार्यक्रममा उहाँले यस्तो असन्तुष्टि जनाउनु भएको हो । 


प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीको काममा अस्वभाविक ढंगले ढिलासुस्ती भएको र यसमा विशेष किसिमको ध्यान राख्नुपर्ने बेला आएको बताउनुभयो । 


‘लगभग १ वर्षदेखि म एउटै कुरा सुनिरहेको छु’ उहाँले भन्नुभयो ‘त्यहाँ एउटा सानो मेसिन जडान गर्नुपर्नेछ, त्यो कुरा महिले १ वर्ष, १० महिना, ८ महिनादेखि निरन्तर सुन्दै आएको छु, अहिले पनि निरन्तर त्यही सुनिरहेको छु ।’


विगत १ वर्षदेखि त्यही कुरा सुनेको र एउटा मेसिन नराख्दा दैनिक पत्यक्ष रुपमा ५ करोड र अप्रत्यक्ष रुपमा दैनिक १३ करोड नोक्सान भएको उहाँको दाबी छ । 

‘केही मानिसको ढिलासुस्ति हो वा अरु केही हो त्यो हेर्नुपर्ने भएको छ’ उहाँले भन्नुभयो ‘यस्तो ढिलासुस्ती अब सहिय, मान्य हुन सक्दैन, काममा अस्वभाविक ढिलासुस्ती गर्ने, काममा व्यवधान खडा गर्नेले त्यसबाट हुने क्षतिको जिम्मा लिनुपर्छ ।’ 


बिना कारण देशको होस वा बाहिरको ठेकोदार नै किन नहोस ढिलासुस्ती स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीको दाबी छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.