Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर बुधबार बाँडफाँड हुने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीय बासिन्दाका लागि खुला गरिएको साधारण सेयर (आईपीओ) भोली (बुधबार) बाँडफाँड हुने भएको छ ।

आयोजनाको बिक्री प्रबन्धक नागरिक लगानी कोष सेयर बाँडफाँड शाखा प्रमुख रोशन जंग कार्कीले बुधबार उक्त सेयर बाँडफाँड हुने बताए ।

उक्त आयोजनाको आइपीओमा २ लाख जना स्थानीय लगानीकर्ताले ३ करोड कित्ता सेयरका लागि आवेदन दिएका थिए । आयोजनाले स्थानीयका लागि साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

आइपीओ खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको थियो । आयोजनाले बिहीबारदेखि अन्य सार्वसाधारणका लागि सेयर खुला गर्दै छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.