Powered by Blogger.
तामाकोशीको सेयर भर्ने समय थपियो, भदौ १ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयेजनाले जिल्लाबासीलाई उपत्यकाबाट सेयर भर्ने समय एक साता थपेको छ । अब काठमाडौंमा रहेका दोलखाबासीहरुले भदौ १ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । 

उपत्यकामा रहेका दोलखाबासीहरुले सनराइज बैंकका १० वटा शाखा र सनराइज क्यापिटलसहित ११ स्थानबाट आवेदन दिन सक्ने छन् । ११ स्थानबाट आवेदन दिने भनिएपनि सबैै स्थानमा निकै भिड लागेको छ । 
माथिल्लो तामाकोसी जलविद्युत आयेजनाले स्थानीय वासिन्दलाई खुला गरेको सेयर खुला भएको आठौं दिनमा नै ओभर सब्सक्राइब (माग भन्दा बढी) भएको छ । 

आयोजनाको बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार स्थानीयका लागि सेयर खुला भएको ८ औं दिनमा नै माग भन्दा बढी आवेदन परेको हो । आयोजनाले स्थानीयका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर खुला गरेको छ ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयलाल श्रेष्ठका अनुसार ८ औं दिनसम्म आईपुग्दा ५० हजार जनाले १ अर्ब ५ करोड रुपैयाँ भन्दा बढीको १ करोड ५ लाख कित्ता हाराहारीमा आवेदन दिएका छन् । 


जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागि पहिलो चरणमा आयोजना प्रभावित (दोलखाबासी) का लागि साउन १६ गतेदेखि भदौ १४ गतेसम्म समय तोकिएको छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.