Powered by Blogger.
तामाकोशीको लागत बढेको भन्दै छानबिन गर्न सांसद पाख्रिनको माग

काठमाडौं । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बढेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखिन ।

२०६६ सालमा ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाको लागत ५० अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा सेयरधनीको टाउकोमा पर्ने भएकाेले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.