Powered by Blogger.
माथिल्लो तामाकोशिको सेयरमा राजधानीबाट कहिलेसम्म पाईन्छ आवेदन दिन ? सूचनासहित



उर्जामन्त्रीको उद्घोषः अब सबै नेपालीलाई जलविद्युतको मालिक 

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि बुधबाबाट सेयर खुला गरेको छ ।

सेयर खुला भएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले लामाबगर र गौरीशंकर गाविसका अध्यक्षहरुलाई सेयर फाराम हस्तान्तरण गरेरका छन् ।

हाल सम्मको ठूलो आयोजना स्वदेशी पुँजी र व्यवस्थापनमा निर्माण भएकोले आगामी आयोजना निर्माणका लागि थप हौसला मिलेको बताए । अब सबै नेपालीलाई जलविद्युतको मालिक बनाउने समेत उल्लेख गरे ।

दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागि पहिलो चरणमा स्थानीयका लागि साउन १६ गतेदेखि भदौ १४ गतेसम्मका लागि सेयर खुला गरिएको छ । आयोजनाको सेयरमा आवेदन दिन राजधानीमा रहेका स्थानीयले सनराइज बैंकका ११ शाखाबाट आगामी २५ गतेसम्म पाउने छन् ।


स्थानीयका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्ग गरेर तीन वर्गमा विभाजन गरेर सेयर वितरण गर्न लागिएको छ । ‘क’का लागि हरियो,‘ख’ का लागि निलो र ‘ग’ का लागि सेतो फाराम तयार पारिएको छ ।

साविक लामावगर र गौरीशंकर गाविसलाई ‘क’ वर्गमा राखिएको छ । यस्तै ‘ख’ जर्गमा साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ रहेको छ ।

 यता ‘ग’ वर्गमा भीमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका बाँकी गाविस रहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.