Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर निष्काशन अब साउन १६ देखि भदौं १४ सम्म

काठमाडौं । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले स्थानीयवासीका साउन १६ देखि भदौं १४ गतेसम्म सेयर निष्काशन गर्ने भएको छ ।

यस अघि आयोजनाले स्थानीय बासिन्दाका लागि असार २४ गतेदेखि साउन ९ गतेसम्म निष्काशन गर्ने भनेको थियो । उक्त समयमा बैंक तथा वित्तीय संस्थाको क्लोजिङको समय भएको, खेती बारीमा काम गर्ने समय भएको लगायतका कारण देखाएर समय सार्न जिल्लामा सांसद लगायतले माग गरेका थिए ।

 सोहि अनुरुप आयोजनाले सूचना जारी गरेर सेयरमा दरखास्त दिन पाउने समय पछि सारेको हो । जारी सूचनामा जिल्ला समन्वय समिति, दोलखाको असार १८ गतेको बैठकबाट भएको सिफारिस साथ अनुरोध भए बमोजिम दरखास्त दिन पाउने अवधि संशोधन गरी साउन साउन १६ गतेदेखि भदौ १४ गतेसम्म कायम गरिने उल्लेख छ ।


आयोजनाले प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुलाई छुट्टयाइएको १० प्रतिशत सेयरमा अब साउन १६ देखि भदौं १४ गतेसम्म दरखास्त दिन पाउने भएका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.