Powered by Blogger.
लगानी गर्ने पैसा छैन,सेयर निष्काशन स्थगन गर्नुः जिल्ला सहकारी संघ

काठमाडौं । जिल्ला सहकारी संघ दोलखाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयका लागि खुला गरेको सेयर तत्काल स्थगित गर्न माग गरेको छ ।

आर्थिक वर्षको अन्त्यमा सहकारी संस्थाको खाता बन्द हुने र सहकारी संस्थाहरुले आफ्ना सेयर सदस्यले जम्मा गरेको रकम दिन नसक्ने भएको भन्दै तत्कालका लागि सेयर आह्वान स्थगित गर्न माग गरेको हो ।

आर्थिक वर्षको अन्त्य, सहकारी संस्थाको क्लोजिङको समय, वर्षा, बाढी, पहिरो र खेतीको मुख्य समयमा गरिएको शेयर आह्वान तत्काल स्थगित गर्न जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौँलागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

। जिल्लामा रहेका सहकारीमा ७ अर्ब भन्दा बढी पुँजी परिचालन भएको र जिल्लाका १ लाख ८५ हजार ५ सय ३६ जना कुनै न कुनै रुपमा सहकारीमा आवद्ध रहेको संघको भनाई छ ।

जिल्लाका सबै स्थानीय सरकारका वडा तहमा सहकारी संस्थाहरुसंग साझेदारी गरी सोहि मार्फत सरल र सहज ढंगबाट शेयर आवेदन फारम भर्ने व्यवस्था मिलाई सम्पूर्ण दोलखा जिल्लावासी नागरिकहरुलाई सेयर लगानी गर्न सहज वातावरण बनाउन सम्बन्धित पक्षसंग संघले जोडदार माग गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.