Powered by Blogger.
माथिल्लो तामाकोशीको सेयर एक महिनापछि निष्कासन गर्न माग

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मुद्दाले प्रतिनिधि सभामा पनि स्थान पाएको छ । प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद शान्ति पाख्रिनले स्थानीयलाई बिक्री गर्न लागिएको सेयर निष्कासन मिति १ महिना पर सार्न माग गरेकी हुन् । 

तामाकोशीको सेयर असार २४ गतेदेखि स्थानीयलाई बिक्री खुला गर्न आव्हानपत्र सार्वजनिक भइसकेको छ । सांसद पाख्रिनले मानो खाएर मुरी उब्जाउने समय भएको तथा असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको क्लोजिङको समय भएकाले पनि यतिबेला सेयर निष्कासन गर्नु न्योयोचित नहुने बताएकी हुन् । उनले कम्तिमा १ महिना पर सार्न समेत माग गरेकी छन् । 

पाख्रिनले सेयर आवहनपत्र जारी गर्नुपूर्व आवेदन कसरी गर्ने भनेर सञ्चार माध्यमबाट सुसूचति गराउन समेत माग गरेकी छिन् । उनले जिल्लाका सबै गाँउपालिका र नगरपालिकाका वडा कार्यालयबाट सेयर जम्मा गर्ने व्यवस्था गर्न पनि माग गरेकी छिन् । 

रोजगारीका लागि विदेशमा रहेका स्थानीयले अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ । साथै, देशको जुनसुकै स्थानमा रहेका दोलखालीले पनि आफू बसेको स्थानबाटै आवेदन दिने व्यवस्था तत्काल गर्न समेत माग गरिन् । सांसद पाख्रिनले दोलखामा जन्मेर अन्य जिल्लामा बिहे गरेर गएका महिलाहरुले पनि आवेदन दिने व्यवस्था गर्नसमेत आग्रह गरिन् ।

बैठकमा उनले आयोजनाको सुरुको लागत अनुमान ३५ अर्ब २९ करोड रहेकामा हाल ४९ अर्ब २९ करोड पुगेको भन्दै यसमा छानबिन हुनुपर्ने समेत माग गरेकी छन् । आयोजना प्रभावित स्थानमा सेयर वितरणमा असमानता भएको भन्दै सम्मानजनक रुपमा सेयर वितरण हुनुपर्ने उनको माग छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.