Powered by Blogger.
डिभिजन सडकले गर्यो मुडे–मेलुङ सडक निर्माण नगर्ने ठेकेदारको ठेक्का रद्ध

काठमाडौं । डिभिजन सडक कार्यालय दोलखाले मुडे–मेलुङ सडक निर्माणको ठेक्का पाएको कञ्चनजंघा लामा विल्र्डस जेभी कम्पनीको ठेक्का तोडेको छ ।

सडक डिभिजन कार्यालय दोलखाले सोमबार सूचना प्रकाशित गर्दै कम्पनीको ठेक्का तोडिएको जनाएको छ । डिभिजन सडक कार्यालयले प्रकासित सूचनामा कम्पनीले उक्त सडक निर्माण गर्न विगत एक वर्षदेखि कुनै पहल नगरेको हुँदा ठेक्का तोडिएको जनाइएको छ ।

यस अघि शैलुङ गाँउपालिकाले पत्र पठाएर मुडे–मेलुङ सडक निर्माण समयमा नै नगरेको भन्दै ठेक्का खारेज गर्न डिभिजन सडक कार्यालय दोलखालाई अनुरोध गरेको थियो ।

कम्पनीको ठेक्का तोडिएसँगै गाँउपालिका आफैले बजेट दिएर सडक निर्माण गर्न बाटो खुलेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.