Powered by Blogger.
मुडे–मेलुङ सडक निर्माण नगर्ने ठेकेदारको ठेक्का रद्ध गर्न शैलुङ गाँउपालिकाले पठायो पत्र



काठमाडौं । कञ्चनजंघा लामा विल्र्डस जेभी कम्पनीले मुडे–मेलुङ सडक निर्माण समयमा नै नगरेको भन्दै ठेक्का खारेज गर्न डिभिजन सडक कार्यालय दोलखालाई शैलुङ गाँउपालिकाले पत्र पठाएको छ ।

बुधबार शैलुङ गाँउपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले मुडे–मेलुङ सडकको ठेक्का पाएको ठेकेदार कम्पनीको ठेक्का रद्वगर्न पत्र पठाएका छन् । पत्रमा ठेक्का रद्ध गर्न र कानून बमोजिम कडा भन्दा कडा कारबाही गर्न आग्रह गरिएको छ ।

पत्रमा ३३७१२३४–०७०–०७१ २४६ का निर्माण व्यवसायी कञ्चनजंघा लामा विल्र्डस जेभी कम्पनीले २०७१ असार ३१ गते मुडे–मेलुङ सडक निर्माण गर्ने गरी डिभिजन सडक कार्यालय चरिकोट दोलखामा सम्झौता गरेको उल्लेख छ । सम्झौतापछि झण्डै ४ वर्ष पुग्न लाग्दा २६% भन्दा बढी काम नगरेको र १ वर्षदेखि कुनै पनि काम नगरेको पत्रमा उल्लेख छ । कम्पनीले काम नगर्दा सडकको अवस्था लथालिङ भएको र यातायातका साधान सञ्चालनमा आउन नसकेको पनि उल्लेख छ । 

गाँउपालिका लगायत स्थानीयले पटक–पटक ताकेता गर्दा पनि कम्पनीले बेवास्था गरेको र सडक निर्माण गर्ने सम्भावना नदेखिएकोले गाँउपालिका आफैले बजेट बिनियोजन गरी सडक निर्माण गरेर यातायातका साधान सञ्चालन गराउने  गाँउपालिका प्रमुख दुलाले हाम्रो दोलखा डटकमलाई बताए ।

निर्माण कम्पनीले ठेक्का नछोड्दा गाँउपालिकाले बजेट दिएर सडक निर्माण गर्न नसकेको दुलालले बताए । समयमा नै नगरेको भन्दै ठेक्का खारेज गर्न डिभिजन सडक कार्यालय दोलखालाई पत्र काटेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.