Powered by Blogger.
जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि पहल गर्छुः मन्त्री अधिकारी

काठमाडौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए ।

जिरी पुगेका अधिकारीले जिरी एयरर्पोटको स्थलगत निरीक्षण पश्चात् यस्तो बताइएका हुन् । जनआन्दोलनको समय देखि नै बन्द रहेको जिरी एयरपोर्ट पुनः सञ्चालनका लागि उनले निकै चासो देखाए ।

जिरी एयरर्पोटमा भएको अन्तरक्रिया कार्यक्रममा अधिकारीले जिरी एयरर्पोट पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न आफू तयार रहेको बताएका हुन् । जिरी वास्तवमा नै सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले जिरी नगएमा नेपालको घुमफिर अधुरो रहने टिप्पणी समेत गरे ।

विगतमा हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट नापेको बेला कृषि मन्त्रालय अन्तर्गत जानु ठुलो भुल भएको बताउँदै अब फेरी पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत नै ल्याई आन्तरिक हवाई सेवा सञ्चालनका लागि आफूले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारे । काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ लगायत पूर्वी क्षेत्रको पर्वतिय उडानका लागि जिरी एयरर्पोट उपयुक्त रहेको उनको भनाई छ  ।

कार्यक्रमा जिरी नगरपालिकाका प्रमुख टङ्क बहादुर जिरेलले जिरी एयरर्पोट पुनः सञ्चालनका लागि विगतमा भएको प्रयासबारे जानकारी गराए । उनले २०५२ साल अगाडीसम्म हवाई विभागको स्वामित्वमा रहेको जिरी एयरर्पोट तात्कालिन नापी टोली प्रमुख र पशु विकास हाकिमको गोप्य मिलेमतोमा हवाई विभागको जमिन कृषि ब्लक अन्तर्गत नापी गरिएकोले एयरर्पोट सञ्चालनमा समस्या भएको बताए ।

२०४४ सालमा जिरी–लामोसाँगु सडक निर्माणपछि बन्द भएको हवाई सेवा २०५३ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालको पालमा नै ४०० मि रन वे लाई उत्तरतर्फ बढाई ६०० मिटर कायम गरी ३० सेमि ग्राभेलिङ गरिएको थियो । पुनः सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रक्रिया अगाडि बढाइएको भए पनि उक्त फाइल मन्त्रालयबाट हराएको थियो । २०७२ सालमा आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा विस्तृत आयोजना प्रतिवेदन तयार गरी तारा एयरलाईन्सले परीक्षण उडान समेत गरेको उनले जानकारी गराए ।

कार्यक्रममा सांसद पार्वत गुरुङले भौगोलिक तथा पर्यटकीय हिसाबले जिरी उत्कृष्ट रहेको बताउँदै जिरी एयरर्पोट तत्काल सञ्चालन गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए ।
तस्विर स्रोतः ज्योति खड्काले प्रयोग गरेको फेसबुक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.