Powered by Blogger.
गरिबी घटाउँदै दोलखाका सहकारी


दोलखा । ग्रामीण क्षेत्रका सहकारीले गरिबी घटाउँदै अभियानलाई निकै सघाएका छन् । जिल्लामा क्रियाशील सहकारीले सदस्यको आवश्यकता अनुसार ऋण लगानी गर्र्दै गरिबी घटाउन सहयोगी भूमिका निर्वाह गरेका छन् ।

मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारीको पछिल्लो तथ्याङक अनुसार सहकारीको सदस्य भएपछि १० प्रतिशत गरिबी घटेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार दैनिक १ हजारभन्दा कम आय भएका सर्वसाधारण सहकारीमा लागेर व्यवसाय गरेपश्चात ४२.४ प्रतिशतबाट ३२ प्रतिशतमा सीमित हुन पुगेको छ । व्यावसायमा संलग्न भएपश्चात १० हजारसम्म आय हुनेको संख्या ४३.२ प्रतिशतबाट बढेर ५२.८ प्रतिशत पुगेको छ । व्यावसायमा लागेपश्चात २० हजार भन्दा बढी कमाउने सदस्यको संख्या ६.४ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ ।  

जनसचेतनका अध्यक्ष भीमप्रसाद दाहालले सदस्यको संंमृद्विकोलागि लगानीमा प्राथमिकता दिदैँ आएको  बताए । उनले सबैभन्दा धेरै सदस्य व्यापार व्यवसायमा लागेको बताए । जनसचेतन साकोसका करिब १६ प्रतिशत सदस्य व्यापार व्यवसायमा लागेका छन् भने २ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लागेका छन् । ‘हामी सदस्यको संंमृद्विकालागि उत्पादनतर्फ फोकस गरिरहेका छौं तर सदस्यले व्यवसायिक भएर करोडौं लगानी गर्न सकिरहेका छैनन्’ उनले भने । 

व्यवसाय नभएका ६१ दशमलव ५४ प्रतिशत सर्वसाधारण सहकारीमा लागेपछि झण्डै आधा भन्दा बढी सदस्य उद्यमशील भएका छन् । सदस्यपश्चात व्यवसाय नभएका ६१.५४ बाट घटेर ३७.६० प्रतिशत पुग्यो भने व्यवसाय भएका ३८.६४ बाट ६२.४० बढेको संस्थाको तथ्याङकले देखाउँछ । 

२५ वर्षअघि ३४ जनाले ३४ सय जम्मा गरेर स्थापना भएको संस्थाले हाल १ अर्ब ६ करोड शेयर पुँजी पु¥याएको छ । संस्थाले सदस्यलाई ३० लाखसम्म ऋण दिने गरेको अध्यक्ष दाहालले बताए । एक करोडसम्म औद्योगिक ऋण प्रवाह गर्न सकिने संस्थाको रणनीति भएपनि जिल्लामा त्यसरी उद्योग खोल्न कोही सदस्य इच्छुक नभएको उनको भनाई छ । ‘तर सदस्यको आर्थिक हैसियत बढेको छ, निर्वाहमुखी जीवनबाट व्यवसायिक बन्न सफल भएका छन्’ उनले भने । 

संस्थाले नीति र कार्यविधि बनाएर कारोबार सञ्चालन गर्दै आएको छ । अध्यक्ष दाहालले ३६ वटा नीति र २६ वटा कार्यविधि बनाएर संस्था सञ्चालन गर्ने गरेको बताए । संमृद्व सदस्य र सबल संस्थाका लागि बचत तथा ऋणमा मात्र नभई सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि काम गर्ने गरेको उनले बताए । संस्थाले मोबाइल बैंकिङ, एटिएमलगायतको प्रविधि सुरु गरिसकेको छ । 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था चरिकोटले आफ्ना सदस्यले उत्पादन गरेको सामान बिक्रीका लागि सहजिकरण गर्दै आएको छ । ‘हामी संदस्यलाई उत्पादनमैत्री बनाउन पहल गरिरहेका छौं, उनीहरुको उत्पादन बिक्री गर्न हामी सहजिकरण गर्छाैै’ संस्थाका व्यवस्थापक दीपक बस्नेतले बताए । 

संस्थाले प्रत्यक्ष बिक्री वितरण नगरेपनि सदस्यका उत्पादनहरु कोसेली घरमार्फत बिक्री गर्दै आएको उनको भनाई छ । संस्थाले सदस्यलाई सीपमुलक तालिमसमेत दिनुका साथै बिक्रीवितरणमा टेवा पु¥याउँदै आएको छ ।‘सदस्यको मागका आधारमा विभिन्न खालका सीपमूलक तालिमको आयोजना गर्छाै, उनीहरुले उत्पादन गरेको सामान पनि  बिक्री गर्छौ’ उनले भने । 

व्यवस्थापक बस्नेतले सदस्यद्वारा उत्पादित सामानहरु मखलर, आउटर, स्वीटर, टोपी, मोजा, लेडिज मखलरलगायतका सामाग्री बिक्रीका लागि सहजिकरण गर्ने गरेको बताए । संदस्यको व्यवसायिकताका लागि १५ दिने, एक महिने, तीन महिनेलगायतका सीपमूलक तालिम दिदैँ आएको छ । २० वर्षअघि स्थापना भएको संस्थाको ६ हजार १३७ सदस्य पुगेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व ३५ करोड ४५ लाख ३५ हजार ३०७ रुपैँया पुगेको छ । संस्थाको २७ करोड ९७ लाख ९३ हजार निक्षेप संकलन गरी २७ करोड ६१ लाख ९१ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ३ करोड ८६ लाख ५३ हजारु ५ सय पुगेको छ । 

एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था जिरीका करिब ६० प्रतिशत सदस्य उत्पादनतर्फ संलग्न छन् । कृषि उपज तथा पशुपालनतर्फ अधिकांश सदस्य संलग्न रहेको अध्यक्ष नरबहादुर जिरेलले बताए । सदस्यको उत्पादन बिक्रीको समस्या नरहेको उनको भनाई छ । धेरैजसो सदस्यले किबी, आलु, चिज उत्पादन गर्ने गरेको अध्यक्ष जिरेलले बताए । 

पहिला संस्था आफैंले बिक्री वितरण गर्ने गरेपनि पछिल्लो समयमा संस्था एक्सेसमा गएपछि सहकारी बचत तथा ऋणमा मात्र केन्द्रीत भएको छ । ंसंस्था केही वर्षअघि नौ वटा र पछिल्लो समयमा २ वटा संस्था एकीकरण भई एकीकृति फ्रेन्डसिप सहकारी स्थापना भएको हो । संस्थाले ७० करोड ७४ लाख ६४ हजार १५६ रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ६९ लाख ४१ हजार १ सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको शेयर पुँजी ८ करोड ३४ लाख ४८ हजार पुगेको छ । संस्थाका ८ हजार २ सय ७३ जना सदस्य छन् । एकीकृत फ्रेन्डसिप प्रोवेसन ब्रान्डको तयारीमा जुटेको छ । 

मिलिजुली बचत तथा ऋण सहकारी संस्था चरिकोटको ५६ जना सदस्यले ५६ सय शेयर पुँजी जम्मा गरेर २४ वर्षअघि स्थापना भएको थियो । संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्था बलियो बनाउनका लागि रिजर्व फन्डमा जोड दिइएको बताए । संस्था बलियो बनाउन संस्थागत पुँजी बढाउन र भाखा नाघेको ऋण घटाउन सक्रिय भएको उनको भनाई छ । संस्थाले सिल्भर तथा गोल्ड ब्राण्ड पाउन तयारी गरिरहेको छ । अध्यक्ष श्रेष्ठले यस वर्ष नै सिल्भर या गोल्ड ब्रान्ड पाउन सकिने विश्वास व्यक्त गरे । 

मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेको छ । संस्थाका सचिव गोविन्द घिमिरेले औषधि बाहेक सबै सेवामा ३० प्रतिशत स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएको बताए । त्यस्तै एम्बुलेन्समा सदस्यले १० प्रतिशत सेवा पाउँछन् । २० वर्षअघि तामाकोशी सेवा समितिको सक्रियतामा मन्थली बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । सहकारी, सेवा समितिको सहकार्यमा तामाकोशी सहकारी अस्पताल स्थापना भएपनि २०६४ यता सहकारी एक्सेस ब्रान्डमा गएपछि अस्पतालको लगानी बन्द गरिसकेको सचिव घिमिरेले बताए । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले एशियाली ऋण महासंघ (अक्कु)को सहकार्यमा देशका बचत तथा ऋण (साकोस)हरुको ब्रान्ड गर्दै आएको छ । हालसम्म देशभरका १९ वटा संस्थाले एक्सेस ब्रान्ड पाइसकेका छन् । त्यसमा दोलखामा मात्र तीन वटा संस्थाले एक्सेस ब्राण्ड पाएका छन् । त्यसमा हाम्रो जनकल्याण, मिलिजुली र जनसचेतन साकोस हुन भने जनसचेतन साकोसले सिल्भर ब्रान्ड पाएको छ ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले सदस्यको जीवनस्तर सुधार गर्न सहकारी तल्लिन रहेको बताए । सदस्यको आवश्यकता अनुसार उत्पादनमुलक, व्यवसाय, सामाजिकलगायतका क्षेत्रमा ऋण प्रवाह गर्ने गरेको बताए । सहकारीले सर्वसुलभ तरिकाले ऋण उपलब्ध गराउँदै सर्वसाधारणको जीवनस्तर सुधार गरेको उनको भनाई छ । एक्सेस ब्रान्डमा गएपछि संस्थाको गुणस्तरमा समेत वृद्वि भएको उनको भनाई छ । दोलखाका तीनवटा एक्सेस ब्रान्डमा पाँचवटा प्रोबेसन कार्यक्रममा र २७ वटा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा सहभागी भएका छन् । 

दोलखामा ५ सय २३ वटा संस्था स्थापना भएका छन् । त्यसमा १ लाख ८६ हजार मानिस आबद्व भएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जीवसराज खड्काका अनुसार दोलखामा स्थापना भएका सहकारीले ५ अर्ब रुपैयाँ बचत गरी ५ अर्ब ३० करोड लगानी गरेका छन् । जिल्लाका संस्थाको शेयर पुँजी ७० करोड पुगेको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.