Powered by Blogger.
यसकारण बढ्दै छ माथिल्लो तामाकोशीको सेयरमा विवाद, कहिले पाउलान स्थानीयले सेयर ?


काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा देखिएको विवाद झनै चुलिने भएको छ । आयोजनाको सेयर बाँडफाँडमा विभेद भयो भन्दै नेपाली काँग्रेसका जिल्ला नेता बर्मा लामाको नेतृत्वमा अपार तामाकोशी सेयर सरोकार संयुक्त सङ्घर्ष समितिले ७ बुँदे माग राख्दै विरोध जनाए छ । 

उनीहरूको मागलाई बेवास्ता गर्दै शुक्रवार सङ्घीय संसद् तथा प्रादेशिक संसद्का सदस्य तथा प्रमुख राजनीति दल, स्थानीय तहका प्रमुखको सहभागितामा विभिन्न ६ वटा निर्णय भएका छन् । छलफलमा सङ्घर्ष समितिलाई सहभागी नगराई एकलौटी ढङ्गले निर्णय गरेको भन्दै सङ्घर्ष समितिले उक्त निर्णय नमान्ने भएको छ । 

शुक्रवार गरिएको निर्णयले लामाको नेतृत्वमा गठिन सङ्घर्ष समिति झनै चिडीएको छ । छलफलमा आफूलाई सहभागी नगराएको, पहिला नै गरेको गलत निर्णयलाई पुनः कार्यान्वयन गर्न लागेको भन्दै आन्दोलनका कार्यक्रम सशक्त रूपमा अघि बढाउने सङ्घर्ष समितिका संयोजक बर्मा लामाले बताए । उनले भने,‘पहिला गरेको गलत निर्णयलाई कार्यान्वयन गर्नका लागि कठित बैठक बसेको नाटक मञ्चन गरिएको छ, हाम्रो मागलाई बेवास्ता गरेर गरेको निर्णय हामीलाई मान्य छैन । हामी ती निर्णय प्रति घोर आपत्ति जनाउँछौँ ।’

लामाले शनिवार पत्रकारसम्मेलन गरेर पहिला गरेका विरोधका कार्यक्रमलाई यथावत् राख्दै थप नयाँ विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताए । शुक्रवार भएको छलफलमा आयोजनाले जिल्लाबासीलाई छुट्याएको १० ५ सेयर शीघ्र निष्कासन गर्न सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय गरेको छ । छलफलमा स्थानीयलाई अति प्रभावित, प्रभावित र अन्य गरी न्यूनतम ३० र अधिकतम ३०० कित्ता अनुपातमा सेयर दिइने निर्णय भएको छ । 

यस्तै माथिल्ला तामाकोशी आयोजनामा जिल्लाबासीलाई दिने भनिएको १० ५ सेयर वितरण गर्दा परिवारका एक जनाको नाममा बैङ्क खाता भए पनि परिवारका सबै सदस्यले आवेदन दिन पाउने व्यवस्था गर्न आयोजना र धितोपत्र बोर्डलाई अनुरोध पत्र पठाउने निर्णय भएको छ । यस्तै जिल्ला बासीलाई सेयरमा आवेदन दिन सहजहोस भन्नका लागि प्रत्येक वडामा १–१ वटा सेयर सङ्कलन केन्द्र राख्ने व्यवस्था गर्न स्थानीय तहले बैङ्कसँग समन्वय गर्ने निर्णय भएको छ । 

छलफलका क्रममा लामोसाँघु जिरी सडक खण्डको खाडीचौर चरिकटो सडक खण्डको निर्माण तुरुन्त सक्न प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाको ध्यानाकर्षण गराउने निर्णय भएको छ । निर्णयमा हस्ताक्षर भए पनि को को सहभागी भएको भन्ने खुलाइएको छैन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.