Powered by Blogger.
मुडे–मेलुङ सडक बनाउन प्रधानमन्त्री र भौतिक मन्त्रालय गुहार्दै शैलुङ गाँउपालिका

काठमाडौं । लामो समयदेखि निर्माणका नाममा अलपत्र परेको मुडे–मेलुङ सडक निर्माण हुने आशा पलाउने भएको छ ।

शैलुङ गाँउपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्रलेखी सडक निर्माणको ठेक्का पाएको श्री कन्चनजंघा÷ लामा विल्डर्स जेभी निर्माण व्यवसायीलाई निर्माण कार्य तत्काल सक्न कडाईका साथ निर्देशन दिन अनुरोध गरिएको छ ।

२०७१ साल असार ३१ गते सडक विभाग र निर्माण कम्पनीबीच सम्झौता भएपनि विभिन्न कारण देखाएर हालसम्म २५ % मात्र काम सम्पन्न भएको छ । ०७४ असार ३० गते सम्पन्न गर्ने भने पनि निर्माणमा विभिन्न अवरोध भएको भन्दै ०७३ फागुन २ गते पुनः म्यान थप गरेको थियो । म्याद थप गरेपनि कम्पनीले सडक निर्माण कार्य ठप्प पारेको छ ।

निर्माण ठप्प गरेका कारण निर्माण कम्पनीलाई तत्काल सडक निर्माण गर्न कडाइका साथ निर्देशन दिन अनुरोध गरिएको छ । समयमा नै सडक नबन्दा यातायात अस्तव्यस्त भएको, दैनिक आवत जावतमा समस्या भएको, उत्पादीत कृषि जन्य सामग्रीको ढुवानीमा समस्या भएको गाँउपालिकाका अध्यक्ष दुलालले बताए ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.