Powered by Blogger.
माथिल्लो तामाकोशीको आइपीओ खुल्नै लाग्दा फेरी सुरु भयो आन्दोलन

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर वितरण प्रक्रिया स्थानीय बासिन्दाको हित विपरीत भएको भन्दै ५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरिएको । माथिल्लो तामाकोशी सेयर सरोकार संयुक्त संघर्ष समितिले  सेयर वितरण प्रकृया स्थानीयको हित विपरीत भएको भन्दै ७ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो । 

संघर्ष समितिका संयोजक बर्मा लामाद्वारा जारी विज्ञप्ति अनुसार स्थानीयलाई निष्काशन गर्न लागिएको सेयरमा दोलखाबासीलाई विभेद नगरी अति प्रभावित र प्रभावित गरी दुई तहमा मात्र वगीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखाबासीलाई सहज रुपमा सेयर भर्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखाबासीलाई प्रमाणपत्र धितो राखेर सेयर भर्न दिनुपर्ने लगायतका माग राखिएका छन् ।

यसैगरी, प्रत्येक वडा तहमै सेयर संकलन केन्द्र स्थापना गर्नुपर्ने, सेयर भर्न पाउने अधिकतम र न्यूनतम रकमको सीमालाई घटाउनुपर्ने माग गरिएको छ । यस्तै, शेष सेयरको सम्बन्धमा के गर्ने भन्ने ग्यारेन्टी गर्न, आयोजनाको मुख्य प्रभावित मध्येको गौरीशंकर गाँउपालिकाको ९ नम्बर वडामा तत्काल सडक पुर्याउनुपर्ने लगायतका माग राखिएको छ ।

यसअघि पनि यी मागहरु राखिएकामा अहिलेसम्म सम्बोधन नभएको भन्दै संघर्ष समितिले भत्सना समेत गरेको छ । माग सम्बोधन नभएपछि समितिले चैत ५ देखि १० गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरेको संयोजक बर्मा लामाले बताए । 

संघर्षका कार्यक्रम अनुसार चैत १ गते कार्यक्रमको जानकारी दिने, चैत ५ गते चरिकोट सातदोबाटोमा ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्नासहित चक्का जाम गर्ने, ६ गते जिल्ला समन्वय समितिको कार्यालयमा ११ देखि १२ बजेसम्म धर्ना दिने र चैत १० गते माथिल्लो तामाकोशी आयोजना र आयोजनाका ठेकेदार कम्पनी, परामर्शदाता सहित आयोजनासँग सम्बन्धित सवारी साधानलाई रोक लगाउने लगायतका कार्यक्रम छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.