Powered by Blogger.
स्थानीयबासी र सर्वसाधारणलाई माथिल्लो तामाकोशीको सेयर चैतमा

काठमाडौं, २७ माघ । निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी चैतमा स्थानीयबासी र सर्वसाधारणलाई सेयर लिने भएको छ । 

आयोजनाले करिब २ अर्ब ६५ करोडको शेयर स्थानीयबासी र सर्वसाधारणलाई दिन लागेको हो । राष्ट्रिय गौरवको आयोजनाले आयोजना प्रभावित स्थानीय (दोलखा) बासीलाई १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत शेयर निष्काशन गर्न लागेको छ । 

दोलखामा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीले दोलखाका स्थानीयलाई कुल पुँजीको १० प्रतिशत अर्थात् १ करोड ५ लाख ९० हजार कित्ता र आम नेपालीलाई कुल पुँजीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यसको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्नेछ । 

स्वदेशी लगानीमा बन्दै गरेको आयोजनाले सरकार, विभिन्न कम्पनी र सर्वसाधारणमा शेयर जारी गरेर पुँजी निर्माण गरिरहेको हो ।  आयोजनाले चार विभिन्न संस्थाबाट झण्डै २० अर्ब रुपैयाँ ऋण लिएको छ । 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार, सञ्चय कोषबाट १० अर्ब रुपैयाँ, नेपाल टेलिकमबाट ६ अर्ब, बीमा संस्थानबाट २ अर्ब रुपैयाँ र नागरिक लगानीकोषको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब रुपैयाँ ऋण रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.