Powered by Blogger.
मिर्गौला पीडित खड्कालाई दक्षिण कोरियाबाट सहयोग

काठमाडौं । दुवै मिर्गौला फेल भएर उपचाररत दोलखा जिल्ला शैलुङ गाँउपालिका–६ हिलेका रामकाजी खड्कालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

सोहि गाँउपालिका–८ का नारायण कार्की, कुन्जन थापा,सबिन थपलिया, मेलुङ गाउँपालिका–७ का दिलिप दाहाल र भिमेश्वोर नगरपालिकाका ज्ञानी चौहान, बिमल कार्कीले ६३ हजार ६ सय २० रुपैयाँ संकलन गरेर पठाएका छन् । 

उनीहरुले संकलन गरेर पठाएको रकम मिर्गौला पीडित खड्कालाई शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले हस्तान्तरण गरेका छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष दुलालले खड्काको उपचारका लागि आफुले पनि सक्दो सहयोग गर्ने बताए । उनले सहयोगीलाई धन्यवाद दिँदै एक–एक जनाको सानो सहयोगले कुनै व्यक्तिले नयाँ जीवन पाउने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । 

विगत ६ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेका खड्काको दुवै मिर्गौलाले कमा गर्न छोडेको छ । उनको हाल वनस्थलिस्थित मिर्गौला अस्पतालमा डाइलासिस भइरहेको खड्काले बताए । 

उपचारका लागि लगभग ७ लाख रुपैयाँ लाग्ने उनको भनाई छ । उनको उपचारका लागि दक्षिण कोरियाका साथै चीन, जापान, माल्दिभ्स लगायत देशबाट सहयोग रकम जुटन थालेको बताइएको छ । आर्थिक अभावमा उपचार गर्न नसकेका खड्काले सहयोगका लागि याचना गरेको छन् । 

उनीहरुकै पहलमा संकलन ६३ हजार २ सय २० रुपैयाँ रगत क्यान्सर भएर सिभिल अस्पतालमा उपचाररत दोलखा भिमेश्वर नगरपालिकाका मदन केसीलाई हस्तान्तरण गर्न लागिएको छ । कोरियाबाट उनलाई सहयोग गर्ने मध्येका सबिन थपलियाले सानो सहयोगले कसैले नयाँ जीवन पाउने भएकाले साथीहरु मिलेर सहयोग गरेको बताए । उनले अरुलाई पनि खड्काको उपचारका लागि सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।  

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.